अर्थतन्त्रका समस्या समाधान गरी मुलुकलाई चलायमान बनाउँछौँ : अर्थमन्त्री पौडेल

भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताएका छन् ।
भैरहवामा आजदेखि सुरु भएको नवौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उनले मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएकाले व्यवसायीलाई निराश नहुन आग्रह गरे । “निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर छ”, पौडेलले भने ।
उनले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी मुलुक चलायमान बनाउने जिकिर गरे । “सरकार जसरी हुन्छ निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न लागेको छ”, उनले भने, “उद्योगी व्यापारीका समस्या छन्, मजदुरका समस्या छन्, किशोर किशोरीका समस्या छन् । ती अब समाधान हुन्छन् भन्ने आमनागरिकमा विश्वास हुँदै गएको छ ।”
अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकाले यसको सञ्चालनमा शङ्का नगर्न आग्रह गरे । हालको टर्मिनल भवन निर्माण भए त्यो अपुग रहेको बताउँदै अर्को भवन निर्माणको तयारी भइरहेको उनले जानकारी दिए ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा लुम्बिनी राष्ट्रिय महोत्सव महोत्सव सुरु भएको हो । स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने र पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
आगामी पुस १ गतेसम्म सञ्चालन हुने महोत्सव उद्घाटन कार्यक्रममा भैरहवाको देवकोटा चोकदेखि बाजागाजासहित विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको थियो । महोत्सवमा रु १० करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’
-
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो, प्रहरीद्वारा उद्धार