सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन : ससिन र सुमनको जोडी अन्तिम आठमा

बिहीबार, २० मङ्सिर २०८१, १६ : ४४
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । सह–आयोजक बालकुमारी रिमिक्स क्लबका ससिन डंगोले र सुमन शाक्यको जोडी बिहीबार ललितपुरमा जारी तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगल (शीर्ष २० वरीयता वाहेक) स्पर्धाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

डंगोल र शाक्यको जोडीले नेपाली सेनाका सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–१४, २१–१२ अंकले हरायो । ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा नेपाली सेनाका विवेक चौधरी र सन्तोष पनेरुको जोडीले पनि क्वार्टरफाइनलमा स्थान बनायो । उक्त जोडीले ईलामका दिवस शंकर र सुमित थोकरको जोडीलाई २१–१८, १८–२१, २१–१४ अंकले हरायो ।

युनिटी ब्याडमिन्टन एकेडेमीका प्रियांशु क्षेत्री र निश्चल खत्रीको जोडी सेनाका बिशाल तामाङ र हिमाल चन्दको जोडीलाई २३–२१, १९–२१, २१–८ अंकले, बालकुमारीका दिप्रिस मुनी बज्राचार्य र रमन महर्जनको जोडी क्लब ७ का प्रदीप महर्जन र तुलशी पुरीको जोडीलाई २१–१५, २१–१३ अंकले तथा  सेनाका डेभिड थापामगर र सुरोज महर्जनको जोडी गार्खाका मुकुल गुरुङ र सन्वित जोशीको जोडीलाई २१–१४, २१–१७ अंकले हराउँदै क्वार्टरफाइनलमा पुगे ।

यसैगरी, सेनाका लक्ष्मण रानामगर र सुप्रिम पन्तको जोडी बालकुमारीका गौतम शाक्य र निशेष शाक्यको जोडीलाई २१–१३, २१–१३ अंकले, पुलिसका कविर केसी र हिराबहादुर राईको जोडी युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्की र महेश खड्काको जोडीलाई २१–१६, १७–२१, २१–१८ अंकले र सेनाकै बिधान अधिकारी र पविन लिङ्थेपको जोडी बालकुमारीका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडीलाई २१–१४, २१–१३ अंकले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरे ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह–आयोजनामा जारी उक्त प्रतियोगिताको पुरुष एकलतर्फ एपीएफ क्लबका प्रिन्स दाहाल प्रिक्वार्टरफाईनलमा स्थान बनाउन सफल भए । दाहालले सेनाका बिशाल तामाङलाई २१–१७, २१–१४ अंकले पराजित गरे ।

यसैगरी, सेनाका डेभिड थापामगरले पुलिसका सुनिल जोशीलाई २२–२०, २१–१८ अंकले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा स्थान बनाए । एपीएफका क्षितिज खनालले सेनाका सौर्य महर्जनलाई २१–१२, २१–१५ अंकले, युनिटी ब्याडमिन्टन एकेडेमीका प्रियांशु क्षेत्रीले एपीएफका रोशन साउदलाई २२–२०, २३–२१ अंकले, सेनाका प्रफुल महर्जनले कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टरका अमन डंगोललाई २१–९, २१–३ अंकले, एपीएफका देवराज रानाले पुलिसका कविर केसीलाई २१–१६, २१–१३ र सेनाका सुप्रिम पन्तले गोर्खाका सन्बित जोशीलाई २१–१५, २१–१६ अंकले हराउँदै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

यसैगरी, यू–१७ गल्र्स एकलतर्फ सेनाकी रिहाना शेरचन, एपीएफकी आकृती कार्की र टिशा रानी शाक्य, लभ ब्याडमिन्टन एकेडेमीकी आश्ना श्रेष्ठ, एपीएफकी स्वर्लिन श्रेष्ठ, सेनाकी अजरन्का शेरचन, एपीएफकी प्रियन्शा श्रेष्ठ तथा सुर्खेतकी निशा सिंहले आ–आफ्ना प्रतिद्वन्दीलाई पाखा लगाउँदै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप