विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागबिच शोधवृत्ति प्रदान गर्ने सहमति

काठमाडौँ । नेपाल सरकार विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबिच शोधवृत्ति प्रदान गर्ने सहमति भएको छ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि गरिरहेका विद्यार्थीहरूले विज्ञापनको विषयमा शोध गरे त्यस्तो शोधवृत्ति प्राप्त गर्नेछन् ।
विज्ञापन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँ र विभागका प्रमुख डा. कुन्दन अर्यालबिच सोसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।
विज्ञापन बोर्डले विज्ञापन विषयमा अध्ययन अनुसन्धान हुन नसकेकोले विद्यार्थीहरुलाई आकर्षित गर्न शोधवृत्तिको व्यवस्था गरेको हो । शोधवृत्तिले यस क्षेत्रमा अध्ययन र अनुसन्धानमा थप सहयोग पुग्ने अपेक्षा बोर्डले राखेको छ ।
सहमति पत्रमा हस्ताक्षर गर्दे पत्रकारिता तथा आमसञ्चार विभागका विभागीय प्रमुख डा. कुन्दन अर्यालले शोधवृत्तिको व्यवस्थाप्रति विज्ञापन बोर्डलाई धन्यवाद ज्ञापन गर्दै छात्रवृत्ति विद्यार्थीलाई उपयोगी हुने बताए ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले शोधवृत्तिले विज्ञापनको अध्ययनमा मद्दत पुग्ने र विद्यार्थीहरू आकर्षित हुने अपेक्षा गरिएको बताए । सहमतिले त्रिभुवन विश्वविद्यालय र बोर्डबिच समझदारी बढ्ने समेत उनीहरूको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागार्जुन र तार्केश्वरका ३ वटा खाद्य गोदाममा छापा
-
सरकारले ल्याएका ५ अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा प्रस्तुत
-
यी हुन्, अनेरास्ववियुले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
‘अञ्जिला’ले कति पायो शो ?
-
असन्तुष्टिको आगोमा घिउ तप्ने काम भएको छ : गगन थापा
-
प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतारिने छ: प्रचण्ड