दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा पनि पक्राउ पुर्जी जारी
_emiYKJhFFQ.jpg)
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँबाट उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको सीआईबीका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई मंसिर ४ मा पक्राउ गरेको थियो । भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयलले दुर्गा प्रसाईंलाई भ्वाइस रेकर्ड पठाउने गरेको भेटिएको छ । उनको बयानको आधारमा प्रसाईं पनि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका हुन् ।
भारतबाट ह्वाट्स एप मार्फत धम्की दिएपछि सो कुराकानीको अडियो रेकर्ड उनले मेडिकल व्यवसायी प्रसाईंलाई पठाउने गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘व्यवसायीलाई धम्की दिएको अडियो प्रसाईंलाई पठाएको भेटिएको छ ।’
झापाको चारआली घर भएका फुयललाई प्रहरीले भारतको आसामबाट पक्राउ गरेर काठमाडौँमा ल्याएर अनुसन्धान गरिरहेको छ । फुयलले भारतीय टेलिकम कम्पनी एयरटेलको दुई वटा सिम लिएर नेपालका व्यवसायीहरूलाई धम्की दिएका हुन् ।
उनले ५ घण्टादेखि २४ घण्टासम्मको अल्टिमेटम दिएर व्यवसायी र बैंकरहरुलाई धम्की दिँदै प्रसाईं नेतृत्वको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भन्ने गरेका थिए । सो रेकर्ड उनले प्रसाईंलाई पठाउँथे । प्रहरीले अडियो बरामद गरेको छ । उनले आफूलाई भारतीय गुन्डा नाइके ‘विश्नोई ग्याङबाट हुँ’ भन्ने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय