१६ अङ्कले घट्यो नेप्से, यो साता परिसूचकमा १४ अङ्कको गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १५.९३ अङ्कले घटेको छ । घटेको बजारमा परिसूचक २७३४.९३ बिन्दुमा ओर्लिएको छ ।
यो सातामा समग्रमा परिसूचकमा १४ अङ्कको गिरावट देखिएको छ । अघिल्लो साता बजार बन्द हुँदा परिसूचक २७४८ बिन्दुमा थियो । यो आइतबार बजार १० अङ्कले घट्यो । सोमबार २० अङ्कले बढ्यो भने मंगलबार १८ अङ्कले उक्लियो । बुधबार र आज बिहीबार भने बजार घट्यो । हिजो बुधबार २५ अङ्कले घट्दै परिसूचक २७५० बिन्दुमा थियो ।
आज कारोबार भएकामध्ये ४० कम्पनीको मूल्य बढेको छ । २०१ कम्पनीको मूल्य घटेको छ भने तीन कम्पनीको स्थिर रह्यो । बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज खानीखोला हाइड्रोपावर, सुपरमादी हाइड्रो र मानुषी लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
कारोबार रकमका हिसाबले आज नेपाल फाइनान्स कम्पनी शीर्ष नम्बरमा रह्यो । यसको ४२ करोड १९ लाख ३९ हजारको कारोबार भएको छ । बिहीबार व्यापार उपसमूहको सूचक ३.६७ प्रतिशतले बढ्यो । जीवन बिमा कम्पनीको ०.७९ प्रतिशतले बढ्दा अन्य सबै उपसमूहको सूचक भने घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा लखनउसँग हार्यो कोलकाता
-
आँचल बनिन् ‘मिस टिन युनाइटेड नेसन्स नेपाल’ विजेता
-
‘जनै हराएको बाहुन’को काभ्रेबाट छायांकन सुरु
-
कार्यकाल सफल रहेको दाबी गर्दै भण्डारीले सार्वजनिक गरे १८ बुँदे प्रगति विवरण
-
बैशाखमा ‘मिस एसईई इटहरी’ आयोजना हुने
-
८४ को निर्वाचनसम्म सरकार टसमस हुँदैन, राजतन्त्र फर्किँदैन – प्रधानमन्त्री ओली