शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

यो हो कपाल कोर्ने सही तरिका

बिहीबार, २० मङ्सिर २०८१, १४ : ५९
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । तपाईंको कपाल झरिरहेका छ ? कपाल झरेर पातलो देख्न पनि थालिसकेको पो छ कि ? कपाल झर्नु र यसको चमक घट्दै जानु आजभोलि धेरैको सामान्य समस्या भएको छ । यो समस्या समाधानका लागि बजारमा हेयर केयरसम्बन्धी अनेकौँ प्रडक्ट पाइन्छ । अनेकौँ हेयर ट्रिटमेन्ट पनि उपलब्ध छन् ।

तर कहिलेकाहीँ यी सबै कुराले पनि केही लाभ गर्दैनन् । कपाल झर्ने र रुखो हुने समस्या कहिलेकाहीँ गलत तरिकाले काइँयोले कोरेको कारण पनि निम्तिएको हुन सक्छ । यो कुरा सुन्दा तपाईंलाई अनौठो लाग्न सक्छ, तर यो सत्य हो । कपालमा कोर्दा केही गल्ती गरियो भने पनि यस्तो हुनसक्छ । जसका कारण जतिसुकै प्रडक्ट प्रयोग गरे पनि कपाल झर्न कहिले पनि बन्द नहुन सक्छ । आजको यस लेखमा हामीहरू कपाल कोर्दा हुने यस्तै केही गल्तीबारे बताउन गइरहेका छौँ ।

चिसैमा कपाल कोर्नु

हामी हतार हुँदा प्रायः चिसोमै कपाल कोर्न थाल्छौँ । यसो नगर्दा कपाल झर्ने र टुक्रिने समस्या बढ्न सक्छ । चिसोमै कपाल कोर्नु नै पर्ने भयो भने पनि मोटा मोटा दाँत भएको काइँयो प्रयोग गर्नुहोस् । ताकि कपालमा काइँयो धेरै नअल्झियोस् ।

बिग्रिएको काइँयोको प्रयोग

‘काइँयो त यसको क्वालिटीले के फरक पार्छ र जहाँबाट किने  पनि भइहाल्यो नि’ धेरैजसो मानिसले यस्तै भनेको सुनिन्छ । तपाईँ पनि यस्तै सोच्दै हुनु हुन्छ भने बिलकुल गलत सोच्दै हुनु हुन्छ । खराब काइँयो कपालमा रगडिनछ अनि कपाल टुक्र्याउँछ । त्यसैले कपाल कोर्न सधैँ राम्रो क्वालिटी र चिप्लो खालको काइँयोको चयन गर्नु होस् ।

जरैदेखि कोर्ने

यो कपाल कोर्ने सबैभन्दा गलत तरिका हो । कपाललाई कोर्दा पहिला तलदेखि लट्टा फोर्दै फोर्दै ल्याउनु पर्छ । यसरी बिस्तारै माथितिर कोर्नु पर्छ । यसो गर्दा कपाल धेरै झर्दैन ।

कपालमा बल लगाउने

कपाल कोर्दा अड्कियो भने मानिसहरू बलजफ्ती कपाल तान्ने गर्छन् । यसरी बलजफ्ती तान्दा कपाल कमजोर हुन सक्छ । त्यसैले कपाल कोर्दा, बिस्तारै हलुका हातले कोर्नु पर्छ । यसरी कोर्दा कपाल टुक्रिनबाट बच्छ ।

बारम्बार कपाल कोरिरहने

केही मानिसहरू जतिबेला पनि आफ्नो साथमा काइँयो बोकेर कपाल कोरिरहन्छन् । कपाल अल्झिने बित्तिकै कोरेर सुल्झाइहाल्छन् । तर यस्तो गर्नु हुँदैन । बारम्बार कपाल कोरिरहनु पनि कपालको लागि हानिकारक हुन्छ । यसले प्राकृतिक तेल हटाएर कपाललाई सुख्खा र कमजोर बनाउन सक्छ ।

फोहोर काइँयो

फोहोर र धुलोले भरिएको काइँयोले कपालमा इन्फेक्सन र डन्डीफोरको समस्या बढाउन सक्छ । त्यसैले नियमित रूपमा आफ्नो काइँयोलाई सफा गर्नुहोस् । यसमा अलिकति फोहोर पनि जम्मा हुनुहुँदैन ।

अस्वीकरण: यस लेखमा दिइएको जानकारी अनलाइनमा उपलब्ध सामान्य जानकारीमा आधारित छन् । यसलाई पाठकको जानकारी र चेतना अभिवृद्धि गर्न मात्रै तयार पारिएको हो । कपाल सम्बन्धी थप जानकारीको लागि विशेषज्ञसँग परामर्श गर्नुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप