नागा चैतन्य र शोभिता धुलिपालाले गरे विवाह

मुम्बई । दक्षिण भारतीय (साउथ) अभिनेता नागा चैतन्य र शोभिता धुलिपाला विवाह बन्धनमा बाँधिएका छन् । दुवैले परम्परागत विवाह गरेका हुन् ।
दुवैको विवाह नागा चैतन्यका हजुरबुवा अक्किनेनी नागेश्वर रावले सन् १९७६ मा स्थापना गरेको हैदराबादको एउटै अन्नपूर्ण स्टुडियोमा भएको हो । विवाहको तस्बिर चैतन्यका पिता अभिनेता नागार्जुनले सेयर गरेका छन् । सार्वजनिक हुने बितिक्कै तस्बिर भाइरल भएको छ ।
तस्बिरमा चैतन्य सेतो कुर्ता र धोतीमा देखिएका छन्, भने शोभिता सुनको एम्ब्रोइडरी–कञ्जीवरम रेशमी साडी र सुनका गहनामा निकै राम्री देखिएकी छन् ।
‘शोभिता र नागाले सुन्दर अध्याय सुरु गरेको देख्नु मेरो लागि विशेष र भावुक क्षण हो । मेरो प्यारो छोरालाई बधाई छ र प्रिय शोभितालाई परिवारमा स्वागत छ’ तस्बिर सेयर गर्दै नागार्जुनले लेखेका छन् । नागार्जुनले शोभिताले यसअघिनै आफूहरूको जीवनमा धेरै खुसी दिइसकेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ