ममता काफ्ले हत्या प्रकरण : श्रीमान् नरेशमाथिको सुनवाइ २०२५ को सेप्टेम्बरमा हुने

भर्जिनिया । अमेरिकामा बेपत्ता पारिएकी नेपाली नर्स ममता काफ्लेको हत्या गरेको र शव लुकाएको आरोप लागेका श्रीमान् नरेश भट्टमाथि नयाँ सुनवाइको मिति तय भएको छ । प्रिन्स विलियम काउन्टी सर्किट कोर्टका एक न्यायाधीशले ३७ वर्षीय भट्टको सुनवाइ सन् २०२५ को सेप्टेम्बर ८ का लागि तय गरेका हुन् ।
शव लुकाएको अभियोगमा भट्टको सुनवाइ आगामी हप्तादेखि हुँदै थियो । तर सोमबार उनीमाथि पत्नीको हत्या गरेको नयाँ अभियोग चलाइएपछि सुनवाइ ९ महिना पछि सरेको हो ।
यो सुनवाइको फैसला आउन करिब चार हप्ता लाग्ने बताइएको छ । कोर्ट टिभीले यो सुनवाइ टिभीमा प्रत्यक्ष प्रसारण गर्न खोजिरहेको छ । तर यसको निर्णय निर्णायकले गर्नेछन् ।
मेरिकामा रजिस्टर्ड नर्स काफ्लेकी एक छोरी छिन् । छोरीलाई सुरुमा सोसल सर्भिसका स्वयंसेवकले लगेको भए पनि अहिले उनी ममताको आफन्तसँग छिन् । प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा काम गर्ने ममता अन्तिमपटक जुलाई २७ मा अस्पताल पुगेकी थिइन् । लामो समय अफिस नआएपछि उनका सहकर्मीले प्रहरीलाई उनी हराएको खबर गरेका थिए ।
अगष्ट २ मा प्रहरी ममता र नरेशको घर पुगेका थिए । सोधपुछका क्रममा नरेशले ममतालाई अन्तिमपटक ३१ जुलाईमा भेटेको बताएका थिए । प्रारम्भिक अनुसन्धानपछि ममतालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई २२ अगष्टमा पक्राउ गरेको थियो ।
त्यसयता नरेश प्रहरी हिरासतमा छन् । लामो अनुसन्धानपछि ममताको हत्या गरेर नरेश आफैले उनको शव लुकाएको प्रमाण अदालतमा पेस गरिएको थियो ।
भट्टले छिमेकको आसपासका क्षेत्रमा फोहोरका ठुला झोला फ्याकेको सर्भेलेन्स क्यामराहरूमा देखिएको थियो ।
अन्य फुटेजमा उनले चक्कु र सफा गर्न प्रयोग गरिने सामान किनेको पनि देखिएको थियो । एउटा दान साइटमा भट्टले रगत लागेको बाथरुमको बाथम्याट दिएको पनि भेटियो ।
भट्ट दम्पतीको घरमा शयन कक्षमा रगतको छिटा पाइएको थियो । दृश्य हेर्दा कसैलाई जमिनमा घिसारेको जस्तो देखिन्थ्यो । घटना लगत्तै भट्टले आफ्नो टेस्ला कार बेचेका थिए भने घर पनि बेच्ने प्रयासमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभावकारी बन्दै कर्णाली प्रदेश सभाः हिउँदे अधिवेशमै ७ ऐन निर्माण
-
आन्दोलनबारे पुनर्विचार गर्न शिक्षकहरुलाई संसदीय समितिको आग्रह
-
सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी
-
अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ
-
पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज
-
जात्रामय भएको छ भक्तपुर, ९ दिने बिस्काको महिमा के छ ?