करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौँ । मकवानपुर र सिराहामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ गोल्पिङटार बस्ने ५८ वर्षीय मन्ताज मियाको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधबार दिउँसो आफ्नै घरको तला थप्नको लागि पिल्लरको काम भइरहेको अवस्थामा फलामको रड घरतर्फ ल्याउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको सीएमसी चुरेहिल अस्पताल हेटौँडामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै सिराहाको धनगढीमाई नगरपालिका–५ जयपुर टोल बस्ने ३६ वर्षीय रघुनाथ साहको पनि करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बेलुकी आफ्नै घरमा विद्युतीय मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका खेलकुद विकास समितिमा कांग्रेस र एमालेको भागबण्डा, कुन जिल्ला कसलाई ?
-
बरिष्ठ नेताको निधनप्रति राप्रपा दुःखी
-
खाणद्वारा बोहराको निधनमा दुःख व्यक्त
-
सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला गर्ने
-
बागमती प्रदेशसभाः सात दलको ११ घण्टा बसेको छलफल निष्कर्षविहीन
-
दुबईबाट यात्रुलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली, न्युरोडमा बिक्री