भैरहवाबाट एक महिनामा करिब ५ हजार यात्रुको आवतजावत
बिहीबार, २० मङ्सिर २०८१, १३ : ११
1_vHLVWNswK5.jpg)
भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार यात्रुले आवतजावत गरेका छन् ।
विमानस्थलले सार्वजनिक गरेको विवरणअनुसार नोभेम्बर ३ (कार्तिक १८) देखि डिसेम्बर ३ (मङ्सिर १८) सम्म ४ हजार ७७१ यात्रुले अन्तर्राष्ट्रिय गन्तव्यको सेवा लिएका छन् ।
एक महिनामा भैरहवाबाट २ हजार २३८ यात्रु उडेका छन् भने २ हजार ५३३ यात्रु अवतरण गरेका छन् । भैरहवामा एक महिनाको अवधिमा ७८ उडान र ७८ अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।
एक महिनाको अवधिमा धेरै यात्रु बोक्ने जजिरा एयरवेज बनेको छ । जजिराले ३ हजार ३४ यात्रुलाई भैरहवाबाट सेवा दिएको छ ।
दोस्रो नम्बरमा रहेको फ्लाई दुबईले १ हजार १ सय ३२ यात्रुलाई सेवा दिएको छ । थाई एयर एसियाले ४४७ यात्रुलाई सेवा दिएको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’
-
सीके राउतको सम्बन्धविच्छेद मुद्दा अदालतले मिलापत्रमा पठायो
-
माओवादीको तराई मधेस जागरण अभियान १७ गते महेन्द्रनगरमा समापन हुने
-
‘यूथ सेलिब्रेसन’का लागि भृकुटीमण्डपमा भेला हुन थाले युवा, तस्बिरहरू
-
बुढ्यौलीलाई रोकेर निरोगी रहन चाहनुहुन्छ ?
-
इलाका प्रहरी कार्यालयमा पुस्तकालय