बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

दुई कम्पनीको लाभांश घोषणा, कसको कति ?

बिहीबार, २० मङ्सिर २०८१, १२ : ३७
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । दुई कम्पनीको लाभांश घोषणा भएको छ । छिमेक लघुवित्त विकास बैंक र तारागाउँ रिजेन्सी होटलले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश घोषणा गरेका हुन् । 

छिमेक लघुवित्त विकास बैंकले यसपटक ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश समेत गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

त्यस्तै, तारागाउँ रिजेन्सी होटलले यसपटक ११ प्रतिशत नगद लाभांश मात्रै दिने उल्लेख गरेको छ । 

दुवै कम्पनीको लाभांश साधारणभाबाट पारित भएपछि वितरण हुनेछ । छिमेक लघुवित्तले भने साधारण सभाअघि राष्ट्र बैंकबाट लाभांश स्वीकृत समेत गराउनु पर्नेछ । 

आजै लाभांशसम्बन्धी निर्णय गरेको विन नेपाल लघुवित्तले भने यसपटक लाभांश नदिने निर्णय गर्दै सोही अनुसार नियामकबाट स्वीकृति लिने र साधारणसभामा प्रस्ताव लैजाने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप