सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

जनकपुर बोल्ट्सको लगातार तेस्रो जित, पोखरा एभेन्जर्स फेरि स्तब्ध

बिहीबार, २० मङ्सिर २०८१, १२ : ०६
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको छ । जनकपुर बोल्ट्सले बिहीबार खेलिएको पहिलो खेलमा पोखरा एभेन्जर्समाथि सात विकेटको सजिलो जित हासिल गरेको हो । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ३८ रन बनाएको थियो । जवाफमा जनकपुर बोल्ट्सले १७.१ ओभरमै केवल तीन विकेट गुमाएर एक सय ४३ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

जारी एनपीएलमा जनकुपर बोल्ट्सले तेस्रो र पोखरा एभेन्जर्सले दोस्रो खेल खेलेका हुन् । जनकपुर बोल्ट्स यसअघि खेलिएको दुई खेलमा पनि विजयी भएको थियो । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो ।

जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी कर्णाली याक्समाथि आठ विकेटको जित हासिल गरेको थियो । जारी एनपीएलको सबैभन्दा महंगो क्लब पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेलमा पनि चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । 

तीन खेल खेलेको जनकपुर बोल्ट्स ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा आसीन छ । दुई खेल खेलेको चितवन राइनोज चार अङ्कसहित तेस्रो स्थानमा छ । दुई खेल खेलेको काठमाडौँ गुर्खाज दुई अङ्कसहित तेस्रो र एक खेलबाट दुई अङ्क बटुलेको सुदूरपश्चिम रोयल्स चौथो स्थानमा छन् ।

यसैगरी, तीन खेल खेलेको विराटनगर किङ्स दुई अङ्कसहित तालिकाको पाँचौँ स्थानमा आसीन छ । एक खेल खेलेको लुम्बिनी लायन्स, दुई खेल खेलेको कर्णाली याक्स र दुई खेल खेलेको पोखरा एभेन्जर्सले भने अङ्क बटुल्न सकेका छैनन् ।

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप