मार्शल ल लागू गर्नेबारे पूर्व सूचना पाएको थिइन : दक्षिण कोरियाली रक्षा प्रमुख

सोल । राष्ट्रपतिले देशमा मार्शल ल लागू गर्न थालेको भन्नेबारे आफूलाई पहिला कुनै जानकारी नभएको दक्षिण कोरियाका रक्षा प्रमुखले बताएका छन् । मार्शल ल लागू गर्ने राष्ट्रपति यून सुक योको प्रयास असफल भएपछि दक्षिण कोरियामा राजनीतिक संकटको स्थिति उत्पन्न भएको छ ।
नीति निर्माताहरूले राष्ट्रपतिको उक्त योजनाबारे सेनाका अधिकारीहरूलाई केरकार गरिरहेका छन् । यो योजनाबारे आफू जानकार रहेको उप–रक्षामन्त्रीले बताएका थिए । तर मार्शल ल कमान्डका प्रमुख पार्क आन–सुले भने आफूलाई यसबारे पहिला जानकारी नभएको अनि मंगलबार राति मात्रै सोसम्बन्धी मस्यौदा थमाएर जारी गर्न भनिएको बताएका छन् ।
राष्ट्रपतिलाई मार्शल ल लगाउन सुझाव दिने रक्षा मन्त्री किम यो–ह्युनले राष्ट्रपति सामु राजिनामा बुझाएका छन् । यूनसँग किमले पनि अविश्वासको प्रस्तावको सामना गर्ने भएका छन् । किममाथि यात्रामा आकस्मिक प्रतिबन्ध लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?