क्यानडाको भ्याङ्कुभरमा चक्कु प्रहारबाट दुई घाइते, सन्दिग्धको मृत्यु
बिहीबार, २० मङ्सिर २०८१, ११ : २२

भ्यान्कुभर । क्यानडाको भ्यान्कुभरमा चक्कु प्रहारका घटनामा दुई जना घाइते भएका छन् । एक जना संदिग्धलाई गोली हानेर मारिएको प्रहरीले बताएको छ । यो घटना बुधवार बिहानको भएको बताइएको छ ।
चक्कुधारी एक पुरुषले रेस्टुराँबाट रक्सी चोरेको सूचना आएपछि अधिकारीहरू सतर्क भएका थिए । प्रहरी पुग्दा ती व्यक्ति नजिकैको कन्भेनियन्स स्टोरभित्र छिरिसकेका थिए ।
त्यहीँ प्रहरीले गोली हानेर उनलाई कब्जामा लिएको भन्दै बीबीसीले समाचारमा भनेको छ । घटनाका घाइतेलाई अस्पताल लगिएको र चोट घातक नभएको भनिए पनि चोट कहाँ लागेको भनेर बताइएको छैन ।
मृतकको पहिचान खुलिसकेको छैन । घटनाबारे छानबिन भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा
-
होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने
-
चार दिन यता काठमाडौंंसहित देशभर मौसम गडबडी, आज तीन प्रदेशमा पानी पर्ने
-
तनावपूर्ण मड्रिड डर्बी : एटलेटिकोमाथि नाटकीय जित निकाल्दै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
-
फागुपूर्णिमाको दिन आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?