हरभजन सिंह भन्छन्– ‘१० वर्षदेखि महेन्द्रसिंह धोनीसँग मेरो बोलचाल छैन !’
![हरभजन सिंह भन्छन्– ‘१० वर्षदेखि महेन्द्रसिंह धोनीसँग मेरो बोलचाल छैन !’](https://npcdn.ratopati.com/media/news/h-and-d_xhlsHYPux6.png)
काठमाडौँ । भारतका चर्चित क्रिकेटर हरभजन सिंहले हालै आफ्ना पूर्वसहकर्मी महेन्द्रसिंह धोनीसँग जोडिएको एउटा रहस्य खोलेका छन् । हरभजनले कुनै समय एउटै टोलीबाट खेलेका धोनीसँग आफ्नो बोलचाल नभएको १० वर्षभन्दा पनि लामो समय बितिसकेको बताएका छन् ।
आफ्नो समयका प्रभावशाली स्पिनर हरभजनले सबै पूर्वसहकर्मी र वर्तमान खेलाडीहरुसँग निरन्तर कुराकानी हुने गरे पनि धोनीसँग भने १० वर्षभन्दा लामो समयदेखि कुराकानी नभएको बताएर धेरैलाई आश्चर्यमा पारेका हुन् । कुनै समय हरभजन र धोनीले एकसाथ भारतको राष्ट्रिय टोलीबाट खेल्थे । यसका अतिरिक्त हरभजन र धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) पनि एउटै टोलीबाट खेलेका थिए । यी दुवै खेलाडीले चेन्नई सुपर किङ्सबाट एकसाथ आईपीएल खेलेका हुन् ।
हरभजनले सन् २०१८ र सन् २०१९ मा चेन्नईबाट खेलेका थिए भने धोनी अहिले पनि आईपीएलमा चेन्नईसँगै जोडिएका छन् । धोनीसँग कुराकानी नगर्नुको कुनै ठोस कारण नरहेको पनि हरभजनले बताएका छन् । ‘धोनीसँग मेरो कुराकानी हुँदैन । १० वर्षभन्दा पनि लामो समय बितिसक्यो । उनीसँग कुरा नहुनुको पछाडि मेरोतर्फबाट कुनै ठोस कारण छैन । सायद, कुराकानी नहुनुको पछाडि धोनीसँग कुनै ठोस कारण छ कि !’ सञ्चारमाध्यमसँगको कुराकानीमा हरभजनले भनेका छन् ।
सञ्चारकर्मीले प्रश्न गरे– ‘कुनै विषयलाई लिएर झगडा भएको थियो कि ?’ जवाफमा हरभजन भन्छन्, ‘हामीबिच अहिलेसम्म कुनै विषयमा झगडा भएको छैन । मेरो मनमा उनीप्रति कुनै नराम्रो भावना पनि छैन । सायद, उनको मनमा मप्रति नराम्रो भावना छ कि !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता