हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु
बिहीबार, २० मङ्सिर २०८१, ११ : ००

नयाँ दिल्ली । तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ आजबाट रिलिज भएको छ । रिलिज हुनुअघि डिसेम्बर ४ मा आन्ध्र प्रदेश र तेलंगानामा फिल्मको लाइभ शो देखाइएको थियो । हैदरावादको चिक्कडपल्लीस्थित सन्ध्या थिएटरमा एउटा बेनिफिट शो आयोजना गरिएको थियो ।
फिल्मका नायक अल्लु अर्जुन पनि यस कार्यक्रममा पुगेका थिए । उनलाई हेर्न फ्यानहरूको भीड लागेको थियो । यसैबिच भागदौड भएर भीड अनियन्त्रित हुँदा एक महिलाको मृत्यु भएको छ । यस घटनामा महिलाका छोराको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
के भन्छन् प्रहरी ?
हैदरावादमा फिल्म पुष्प २ रिलिजको क्रममा मच्चिएको भागदौडमा ३५ वर्षीय महिला रेवतीको मृत्यु भएको चिक्कडपल्ली प्रहरीले बीबीसी तेलुगुलाई भनेको छ । प्रहरीले मुद्दा दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात
-
सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो
-
१० बजे १० समाचार : धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्तादेखि पूर्वयुवराज पारसलाई हृदयघातसम्म
-
बार निर्वाचनको मतदाता नामवलीमा विवाद : भोलिदेखि निर्वाचन समितिको कार्यालय घेराउको घोषणा
-
'यौन श्रम पनि एक प्रकारको श्रम नै हो, यसलाई निरपराधीकरण गरिनुपर्छ'