‘मिसिङ : केटी हराएको सूचना’ माघ ११ मा आउने घोषणा

काठमाडौँ । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ माघ ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ रहेको एक पोष्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति जानकारी दिएको हो ।
फिल्म गत कात्र्तिक ३० मा रिलिजको तयारीमा थियो । कात्र्तिक १५ मा रिलिज भएको फिल्म ‘पुर्णबहादुरको सारंगी’ ले आक्रमक व्यवसाय गरेका कारण फिल्मको यो मितिमा स्थगित गरिएको थियो । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा ३२ वर्ष अघिको डकु–ड्रामा ‘उजेली’ का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ ।
फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको प्रस्टोक्ति, वारपारको आन्दोलनमा शिक्षक
-
स्वास्थ्य सचिव नियुक्ति विवाद : सर्वोच्चले दिएन मिश्रको पक्षमा अन्तरिम आदेश
-
बेलायतमा नेपाली व्यवसायीले किने दुईवटा केयर होम
-
सिराजको घातक बलिङ, १ सय ६९ रनमा रोकियो बेंगलुरु
-
कास्कीका सहकारीमा संकट : राजनीतिक नेतृत्वदेखि कर्मचारी प्रशासकसम्म ठगीमा मुछिए
-
नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति गठन