मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
पदाधिकारी बैठक

विद्युत् प्राधिकरणमा मन्त्रीले कार्यकक्ष खोलेर बिचौलिया जोगाउने काम भयो : माओवादी

बिहीबार, २० मङ्सिर २०८१, १० : ४३
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विद्युत् प्राधिकरणमा उर्जामन्त्री दीपक खड्काले कार्यकक्ष खोलेको विषयमा असन्तुष्टि जनाएको छ ।  बिहीबार बसेको पदाधिकारी बैठकले मन्त्रीले इतिहासमै नभएको विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर बस्ने काम गरेको भन्दै विरोध गरेको हो । 

उपाध्यक्ष अग्नि सापकोटाले भने ‘यसले प्राधिकरणको काममा अवरोध गरेको छ । बिचौलिया र भ्रष्टाचारी जोगाउने काम गरेको छ । यसका विरुद्धमा व्यवस्थित खबरदारी सभा गर्नेछौ ।’

त्यस्तै बैठकले एक्लै चुनाव लड्ने पार्टीको निर्णय जनताबाट अनुमोदन भएको निष्कर्ष निकालेको छ । सापकोटाका अनुसार प्रारम्भिक समीक्षाका क्रममा उपनिर्वाचनको नतिजाले धेरै उत्साहवद्र्धक र महत्त्वपूर्ण अवसरहरू प्रदान गरेको छ । 

‘माओवादी एकताबद्ध भएर जनतामा गएको छ । यसले सकारात्मक नतिजा दिएको छ । पहिला हामीले जितेको आठ वटा थियो अहिले १२ वटा भएको छ’, सापकोटाले भने, ‘ एक्लै चुनाव लड्दा जनताले साथ दिएका छन् । सबै पार्टी मिल्दा पनि हाम्रै पार्टीले विजय हासिल गरेको छ । यसले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको आधार उपचुनावले दिएको छ ।’ 

उनले उपचुनावबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको भन्दै २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए । उनले अब पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने जानकारी दिए । उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने माओवादीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप