राष्ट्रपति पौडेल केही दिन अस्पतालमा नै रहने
बिहीबार, २० मङ्सिर २०८१, १० : ३९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल केही दिन अस्पतालमा नै रहने भएका छन् । बुधबार राष्ट्रपति पौडेल महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको थियो ।
नि. कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङका अनुसार शल्यक्रिया पछि पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘राष्ट्रपति पौडेल अस्पतालमै रही स्वास्थ्यलाभको लागि केही दिन रहनु हुने ब्यहोरा समेत जानकारी गराउँदछु,’ गुरुङले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप