पहिलो जितको खोजीमा रहेको पोखराले अपराजित जनकपुरलाई दियो १३९ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार खेलिएको पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय ३९ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ३८ रन बनाएको हो ।
जारी एनपीएलमा जनकुपर बोल्ट्सले तेस्रो र पोखरा एभेन्जर्सले दोस्रो खेल खेलिरहेको हो । जनकपुर बोल्ट्स यसअघि खेलिएको दुबै खेलमा विजयी भएको थियो । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो ।
जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा भने बलियो कर्णाली याक्समाथि आठ विकेटको जित हासिल गरेको थियो । जारी एनपीएलको सबैभन्दा महंगो क्लब पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी बिहीबारको खेलमा पोखरा एभेन्जर्सका लागि मार्कस क्रिचलीले सर्वाधिक ३५ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ३० बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए ।
सातौँ नम्बरका ब्याट्सम्यान माइकल लिस्कले पनि आक्रामक पाली खेल्दै २५ रनको योगदान गरे । उनले केवल १३ बलको सामना गरी तीन छक्का हिर्काए । ओपनर ब्याट्सम्यान आन्द्रेस गौसले पनि २० रन बनाए । विकेटकिपर ब्याट्सम्यान गौसले १६ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए ।
अर्का ओपनर दिनेश खरेलले १७ बलमा एक छक्काको मद्दतले १० रन जोडेका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका दिलिप नाथले पनि १४ बलमा एक चौकाको मद्दतले ११ रन बटुले । ७० रनको स्कोरमा चौथो विकेट गुमाएको पोखराको स्कोरलाई क्रिचली र रेमोन रिफरले एक सय दुई रनको स्थितिसम्म डोर्याएका थिए ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका रिफरले टोलीको खातामा १७ रन थपे । उनले २० बलको सामना गरी एक चौका पनि हिर्काए । नारायण जोशी तीन बलमा अविजित पाँच रन बनाए । विपिन खत्री एक रनमा अविजित रहे ।
पोखरा एभेन्जर्सले अतिरिक्त रुपमा पनि आठ रन पायो । जनकपुर बोल्ट्सका अनुभवी बलर ललित राजवंशीले तीन विकेट लिए । उनले चार ओभरमा ३१ रन खर्चिएका थिए । जेम्स निसामले पनि दुई विकेट हात पारे ।
मोहम्मद मोहसिन र किशोर महतोले पनि एक–एक विकेट लिए । अन्तिम ओभरमा किशोर महतोले किफायती बलिङ गरे । उनले अन्तिम ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा रन दिएनन् । चौथो बलमा उनले माइकल लिस्कको विकेट लिए । उनले पाँचौँ बलमा एक र छैटौँ बलमा दुई रन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायीलाई जनमतले पार्टीमा भित्र्यायो
-
सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका लागि सरकार छलफलमा
-
कोशी अस्पतालका रेडियोग्राफर चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा मुद्दा दायर
-
हृदयाघात भएका पूर्वयुवराज पारस शाहको अवस्था सुधार, वार्डमा सारियो
-
नेप्से ३० अंकले घट्यो, कारोबार झण्डै १३ अर्ब
-
सेबीका पूर्वप्रमुख माधवीविरुद्ध एफआईआर गर्न बम्बई उच्च अदालतले लगायो रोक