वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
_bCQoRa7C09.jpg)
पर्सा । मुलुकका अन्य भन्सारका तुलनामा पर्सास्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा रु ५२ अर्ब ६७ करोड सात लाख १० हजारका सामान निर्यात भएका छन् । वीरगञ्ज भन्सारले मात्र रु १२ अर्ब १२ करोड २१ लाख ३१ हजार बराबरका वस्तु निर्यात गरेको छ ।
वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेका अनुसार यहाँबाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, ऊनी गलैँचालगायत उत्पादन निर्यात भएको छ । सुक्खा बन्दरगाहबाट रु एक अर्ब ५१ करोड बराबरका सामान निर्यात भएका छन् ।
यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोही अवधिमा रु १२ अर्ब ३५ करोड ३९ लाख १४ हजार बराबरका वस्तु निर्यात गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सनातन संस्कृतिमा होली र फागु
-
सय दिनसम्म बाँचे टाइटानियमको कृत्रिम मुटुजडित पुरुष
-
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय
-
मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल
-
होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह
-
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै