घरेलु मैदानमा जित्यो म्यान्सिटी, ग्वार्डिवलाले गरे राहत महसुस
बिहीबार, २० मङ्सिर २०८१, ०३ : ३५

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा पेप ग्वार्डिवला नेतृत्वको म्यान्चेस्टर सिटीले उत्कृष्ट पुनरागमन गरेको छ । म्यान्सिटीले घरेलु मैदानमा नटिङघम फरेस्टविरुद्ध ३–० को सहज जित निकाल्दै पुनरागमन गरेको हो ।
म्यान्सिटीलाई विजयी गराउन बर्नार्डो सिल्भा, केभिन डे ब्रायन र जेरेमी डुकुले गोल गरे । यसअघि शीर्ष स्थानको लिभरपुलसँग हार्दा एन्फिल्डमा मुख्य प्रशिक्षक ग्वार्डिवलाले बर्खास्तीको नाराको सामना गर्नु परेको थियो । लगातारको अफसफलताले प्रताडित उनले वुधबार राती राहत महसुस गरे । जसकारण उनी खेलकै दौरान ब्रायनलाई अँगालो हाल्न पुगे ।
यो जितले म्यान्चेस्टर सिटीलाई शीर्ष चारमा उकालेको छ । उसको १४ खेलबाट २६ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको भने समान खेलबाट ३५ अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू
-
कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा गर्न खोज्ने बोर्ड कसरी पछि हट्यो ?
-
मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
कम बजेटमै जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्छौँ : मुख्यमन्त्री आचार्य
-
गाजा–इजरायलबीच नयाँ युद्धविराम योजना प्रस्ताव