पैदल यात्रीको भीडबाट गोली हान्नेलाई पक्रिन सकेन न्यूयोर्क प्रहरीले
काठमाडौं । अमेरिकाको न्यूयोर्कमा युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी (सीईओ) ब्रायन थम्सनको गोली हानेर हत्या गर्ने संदिग्ध बन्दुकधारीको खोजी तीब्र पारिएको छ । न्यूयोर्क प्रहरीले एउटा कन्फ्रेन्सको ठीक एक घण्टा अगावै थम्सनलाई गोली हानिएको पुष्टि गरेको छ ।
प्रहरीका अनुसार थम्सनमाथि न्यूयोर्क हिल्टन मिडटाउन होटलबाहिर सडक पार गर्दैगर्दा गोली दागिएको थियो । जहाँ उनको कम्पनीको वार्षिक साधारण सभा राखिएको थियो ।
न्यूयोर्क प्रहरी विभागका प्रमुख जासूस जो केनीका अनुसार सुटरले पैदलयात्री कै बिचबाट गोली हानेका थिए । थम्सनको हत्या गरेर बन्दुकधारी उत्तरतर्फको ५४औं स्ट्रीट तथा ५५ औं स्ट्रीटबिचको गल्लीबाट भागेको केनीले बताएका छन् ।
प्रहरीले घटनास्थलबाट ९ एमएमको सग्लै तीन राउण्ड र तीन फायर भइसकेका शेल केसिंग बरामद गरेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
‘बम बहादुर’मा रहस्यमय सौगात
-
'माटोको सुधार : परीक्षण, रेखदेख र उपचार' भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइँदै
-
एनपीएलमा आज पोखरा र जनकपुर तथा काठमाडौँ र सुदूरपश्चिमबिच प्रतिस्पर्धा
-
रवि लामिछानेलाई रातारात पोखरा ल्याइयो
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा