एनप्याब्सन खेलकुद सप्ताह शुक्रबारदेखि
![एनप्याब्सन खेलकुद सप्ताह शुक्रबारदेखि](https://npcdn.ratopati.com/media/news/ppp_u0aKZo6nv7.jpg)
काठमाडौँ । एनप्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा सातौँ एनप्याब्सन खेलकुद सप्ताह शुक्रबारदेखि हुने भएको छ ।
खेलकुद सप्ताहमा विभिन्न ४ खेलको प्रतिस्पर्धा हुने कार्यक्रम आयोजकका उपाध्यक्ष अतिरिक्त क्रियाकलापका संयोजक प्रेमकुमार भुजेलले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । फुटसल, बास्केटबल, कबड्डी र तानडोरीमा छात्र/छात्रातर्फ प्रतिस्पर्धा हुनेछ ।
चारै खेलका लागि संयोजक पनि तोकिएको छ । फुटसलमा गोकर्णेश्वर नगर प्याब्सनका अध्यक्ष नीराजन आचार्य, बास्केटबलमा आयोजकका उपाध्यक्ष माधव अधिकारी, कबड्डीमा आयोजकका पूर्वउपाध्यक्ष श्याम योञ्जन र तानडोरीमा आयोजकका उपाध्यक्ष नारायणबाबु तिमल्सिनालाई संयोजक तोकिएको छ ।
फुटसल कमलादीस्थित युनिग्लोब कलेज, बास्केटबल कपनको सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुल, कबड्डी र तानडोरी भीमसेनगोलास्थित आदर्श मावि खेलाइने छ ।
खेलकुद सप्ताहमा १ सय २० भन्दा बढी विद्यालयको सहभागिता रहने आयोजकका अध्यक्ष अमृत खड्काले जानकारी दिए । उद्घाटनको मार्च पास्टमा शीर्ष तीन स्थानमा रहने विद्यालयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिने छ । पहिलो दिन उद्घाटन समारोह मात्र हुनेछ ।
मङ्सिर २९ गतेसम्म चल्ने खेलकुद सप्ताह सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने संयोजक भुजेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’
-
मलोर्का र ओसासुनाले अंक बाँडे
-
पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत
-
नापोलीलाई उछिन्ने विन्दुमा इन्टर मिलान
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल