गढीमाई मन्दिरमा लाग्ने मेलाको अवस्थाबारे गृहमन्त्री लेखकलाई दुई जिल्लाका सिडिओको ‘ब्रिफिङ’
वीरगन्ज । गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाको शान्ति सुरक्षाबारे जानकारी लिएका छन् । गृहमन्त्री लेखकले बुधबार बिहान गढीमाई मन्दिर पुगेर अवलोकन गर्नुको साथै शान्ति सुरक्षाबारे ‘ब्रिफिङ’ लिएका हुन् ।
महागढीमाई नगरपालिकाद्वारा आयोजित सल्लाह र सुझाव सङ्कलन कार्यक्रममार्फत उनले ‘ब्रिफिङ’ लिए । विश्व प्रसिद्ध गढीमाई एक महिनासम्म पञ्चवर्षीय मेला लाग्ने भएको हुँदा मेलालाई अपराधरहित बनाउने उद्देश्यले सुरक्षाका अवस्थाबारे गृहमन्त्री लेखकले आफू गम्भीर रहेको बताएका छन् ।
बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, प्रदेश प्रहरी प्रमुखसहितका सुरक्षा निकायका प्रमुखहरूसँग दुईवटै जिल्लाको वस्तुस्थितिबारे ब्रिफिङ गरिएको पर्सा सिडिओ कार्यालयले जनाएको छ । बैठकमा सहभागीका अनुसार गृहमन्त्री लेखकले मेलालाई लक्षित गर्दै हुन सक्ने अपराध तथा चुनौतीबारे सोधखोज गरेका थिए ।
दुईवटै जिल्लाका प्रमुखले दुई साता अगाडि भएको सुरक्षा समितिको बैठकमा उठाइएका एजेन्डाहरू तथा देखिएका चुनौतीहरूबारे प्रस्ट्याएको बैठकमा सहभागी एक अधिकारीले सुनाए ।
गढीमाई मेलालाई व्यवस्थित र चुस्त बनाउन कुनै पनि कसर बाकी नराख्न प्रमुख जिल्ला अधिकारीद्वयलाई गृहमन्त्री लेखकले निर्देशनसमेत दिए । साथै कडाइका सुरक्षा व्यवस्था लागु गर्नका लागि सडकमा सिसिटिभी क्यामरा, सुरक्षा सर्वेलेन्ससहित हरेक उपकरणको प्रयोग गरेर सूक्ष्म ढङ्गले निगरानी गर्नसमेत सुरक्षा निकायलाई गृहमन्त्री लेखकले निर्देशन दिए ।
गढीमाई मन्दिरमा पुगेका गृहमन्त्री लेखकलाई पञ्चवर्षीय मेला व्यवस्थापन मूल समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं उपेन्द्र प्रसाद यादवले स्वागत गरेका थिए ।
सल्लाह सुझाव सङ्कलन कार्यक्रममा पर्सा र बाराका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरीका एसपीद्वय, मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी र सशस्त्र प्रहरीको डिआइजीसमेतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णलक्ष्मी सहकारी प्रकरण : रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
-
आयल निगमको धनगढी डिपो निर्माण अघि बढ्यो, साढे ३ अर्ब लागत अनुमान
-
जनमत पार्टीले माघ ५ गते बलिदानी दिवस मनाउने
-
प्रधानमन्त्री कप महिला क्रिकेट : कविताको अर्धशतकमा सुदूरपश्चिमको लगातार दोस्रो जित
-
अध्यादेश जारी गर्नुपर्ने कारणबारे मुख्यसचिवको प्रष्टीकरण
-
पर्यटन क्षेत्रको विकासका लागि सर्वपक्षीय भेला गर्दै सरकार