फिल्म ‘अञ्जिला’ले गर्यो एञ्जिलालाई बिदाइ
![फिल्म ‘अञ्जिला’ले गर्यो एञ्जिलालाई बिदाइ](https://npcdn.ratopati.com/media/news/anjila-press-meet-3_6lXw4QufvA.jpg)
काठमाडौँ । नेपाली चलचित्र ‘अञ्जिला’की अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्न छनोट भएकी छन् । चलचित्र निर्माण टिमले बुधबार काठमाडौँमा एक कार्यक्रम गर्दै उक्त क्लबको २०२४–२५ सिजनका लागि अनुबन्धित भएकी उनलाई सम्मानसहित बिदाइ गरेको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ र फिल्म ‘अञ्जली’ युनिटको सहभागिता थियो ।
कार्यक्रममा चलचित्रको वर्ल्ड प्रिमियर मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा आयोजना गरिने जानकारी दिइयो । प्रिमिएरमा भने एञ्जिला सहभागी हुने जानकारी दिइयो ।
हङकङपछि चलचित्रको प्रिमियर जनवरी १८, २०२५ मा अस्ट्रेलिया, जनवरीको अन्त्यतिर जापान, फेब्रुअरी १५ मा युके र मार्च २ मा कोरियामा गरिनेछ । फागुन २९ गतेदेखि नेपालसँगै विश्वभर चलचित्र एकसाथ प्रदर्शनमा आउने छ ।
प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले एञ्जिलाको सङ्घर्ष र सफलता नेपाली खेलकुद र चलचित्रको लागि प्रेरणादायी रहेको बताए ।
नेपाली महिला फुटबल टिमकी प्रथम कप्तान रमा सिंहले चलचित्रलाई ऐतिहासिक प्रयासको रूपमा विश्लेषण गरिन् । उनले भनिन्, ‘सम्भवतः यो चलचित्र नेपाली महिला खेलाडीको जीवनमा आधारित पहिलो बायोपिक हो । एञ्जिलाको सङ्घर्ष र सफलताको कथा खेलकुद पर्यटनको विकासका लागि पनि प्रेरणा बन्नेछ ।’
राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङले यो चलचित्रलाई नेपाली फुटबलको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।
एञ्जिलाले पहिलो पटक युरोपमा खेल्ने अवसर पाएकोमा अत्यन्तै खुसी रहेको बताइन् । उनले आगामी दिनमा थप सफलता हासिल गर्न सबैको साथ र समर्थनको अपेक्षा गरेको बताइन् ।
चलचित्र ‘अञ्जिला’ कप्तान एञ्जिला सुब्बाको जीवन सङ्घर्ष र सफलतामा आधारित छ । चलचित्रमा एञ्जिलाको अलवा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ छन् । चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह–निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । सुदीप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।
चलचित्रको व्यापारबाट प्राप्त रकमबाट एञ्जिलाको लागि काठमाडौँमा घर तयार गरिने कार्यक्रममा जानकारी दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया
-
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
-
कमल थापा दिल्ली प्रस्थान
-
चाबहिलमा युवकको हत्या, ३ जना पक्राउ
-
नेपाली महिलाहरूलाई गैरकानुनी ढंगले कुवेत पुर्याउनेलाई कारबाही गर्न माग