बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टिजरमा यस्तो देखियो दयाहाङ र जितुको ‘कार्साङ’

बुधबार, १९ मङ्सिर २०८१

काठमाडौँ । आगामी पुस २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘कार्साङ’ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको टिजर सार्वजनिक गरेको छ ।

गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको शास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गर्ने श्रीमान् श्रीमतीबिचको ठाकठुक छ । ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टिजरमा देखाउन खोजिएको छ । सन्तान नजन्मिएपछि श्रीमान्–श्रीमतीले एकअर्कालाई गर्ने दोषारोपण फिल्मको कथा रहेको । टिजरबाट अनुमान गर्न सकिन्छ । 

यम शेर्पाको निर्देशनमा डेब्यु फिल्म ‘कार्साङ’ शेर्पा समुदायको संस्कृतिमा आधारित छ ।  दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको फिल्ममा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय छ । फिल्ममा बालकलाकारमा राशी लिम्बु, सोहन थापाको समेत अभिनय छ ।

मनोज थापा मगर, एसडी योगी र बिशो डोङको संगीत रहेको फिल्म यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको पुरुषोत्तम प्रधान छायांकार र निर्माता हुन् । फिल्मको सह–निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् । लाइन प्रोड्युसरमा वीरेन्द्र शाही रहेका छन् ।

भूपेन्द्र अधिकारीको सम्पादन, अभि लामाको कोरियोग्राफी रहेको फिल्मको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् । नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया