बलिउडमा कमब्याक गर्दै प्रियंका चोपडा
नयाँ दिल्ली । अभिनेत्री प्रियंका चोपडा विगत ५ वर्षदेखि बलिउडबाट टाढै छिन् । अभिनेत्री अन्तिम पटक सन २०१९ को फिल्म ‘स्काई इज पिंक’ मा देखिएकी थिइन् ।
त्यसपछि उनी हलिउडतिर लागिन् र हिन्दी फिल्मबाट पूरै दुरी बनाइन् । तर अभिनेत्रीले छिट्टै बलिउडमा कमब्याक गर्दैछिन् । मिडिया रिपोर्टका अनुसार प्रियंका चोपडा ५ वर्षपछि बलिउडमा कमब्याकको तयारी छिन् । अभिनेत्रीले आफ्नो बहुप्रतिक्षित फिल्म ‘जी ले जरा’बारे पनि संकेत गरेकी छिन् ।
मिडिया पोर्टल एचटी सिटीसँग कुरा गर्दै प्रियंका चोपडाले आफ्नो कमब्याकको बारेमा कुरा गरेकी छिन् । अभिनेत्रीले सन २०२५ मा बलिउडमा कमब्याक गर्ने घोषणा गर्न लागेको बताइन । ‘म मजाक गरिरहेकी छैन । मैले यहाँ धेरै फिल्म मेकरहरूलाई भेटिरहेको छु र स्क्रिप्टहरू पनि पढ्दैछु । यो वर्ष म धेरै व्यस्त थिएँ, तर मसँग एउटा सरप्राइज छ ।’ प्रियंकाले भनेकी छिन् ।
रोकिएको थियो ‘जी ले जरा’
आलिया भट्ट र कट्रिना कैफसँगको प्रियंकाले ‘जी ले जरा’मा खेल्ने बताएकी थिइन् । यो फिल्मको अपडेटबारे सोध्दा यसबारे चाँहि फरहान अख्तरसँग कुरा गर्नुपर्ने उनले बताइन् । सन २०२१ मा आलिया भट्ट, कट्रिना कैफ र प्रियंका चोपडा स्टारर फिल्म ‘जी ले जरा’को घोषणा गरिएको थियो । तर, अज्ञात कारणले यो फिल्म स्थगित भयो र अहिलेसम्म यसबारे कुनै अपडेट आएको छैन ।
सन् २०१९ मा फरहान अख्तरसँग प्रियंकाको ‘स्काई इज पिंक’ रिलिज भएको थियो । यो फिल्मलाई समीक्षकहरुले निकै प्रशंसा गरेका थिए । त्यसयता देसी गर्ल हलिउडका फिल्ममा व्यस्त छिन । केही समयअघि अभिनेत्री ‘सिटाडेल’ मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो निर्णयमाथि पुनर्विचार गर्न सरकारलाई क्रिकेटर रासिद खानको सुझाव
-
सबै विवरण छातीमा टाँसेर अभियुक्त सार्वजनिक गर्नु कानुनसम्मत होइन
-
गोटाकै १ लाख डलर पुग्यो बिट्क्वाइनको भाउ
-
वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
-
गोपनीयताको हक प्रहरीद्वारा अनुसन्धानकै क्रममा उल्लंघन
-
विद्युत् प्राधिकरणले अघि बढायो विवादित टेन्डर प्रक्रिया, परामर्शदाता छनोटमा ‘म्याच फिक्सिङ’