ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले पालिकाका सम्पूर्ण नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।
पालिकाको प्राङ्गणमा बुधबार शपथग्रहण पछि पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् ।
‘ग्रामथान गाउँपालिका वा विराटनगरका कुनै पनि स्वास्थ्य संस्थासँग जाने प्रयोजनका लागि तथा ग्रामथान गाउँपालिका भित्रका जुनसुकै स्थानमा दुर्घटना वा अन्य कुनै कारणबाट आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने अन्य व्यक्तिहरूलाई समेत आजकै मितिबाट एम्बुलेन्स सेवा पूर्ण रूपमा उपलब्ध गराउने निर्णय गर्दछु,’ उनले गरेको निर्णयको ब्यहोरा सुनाउँदै पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले जानकारी दिए ।
माझीलाई बुधबार नै मोरङका जिल्ला न्यायाधीश उद्धव भट्टराईले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
शपथग्रहण कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल मोदी, कोशी प्रदेशका सांसद जयप्रकाश चौधरी, पूर्वमन्त्री विजय विश्वास, पूर्व प्रदेशसभा सांसद कुलप्रसाद साम्बा लगायतको उपस्थिति थियो ।
शपथग्रहण पछि पदभार ग्रहण गर्दै अध्यक्ष माझीले जनताको इच्छा र आकाङ्क्षा अनुरुप आफू अगाडि बढ्ने बताए । उनले जनताले कुनै गुनासो लिएर पालिकामा धर्ना दिन वा आन्दोलन गर्नुपर्ने वातावरण नबनाउन आफूले जनतासँगै काम गर्ने प्रतिबद्धता पनि जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियालाई हराउन नेपालले १४० रन बनाउनुपर्ने
-
सिमेन्टको तीन महिना अघिकै मूल्य कायम गरिनुपर्छ : ज्वाला साह
-
तनहुँको डुम्रे बजारमा आगलागी
-
कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण