आफ्नै कर्मचारीको जासुसी गरेको भन्दै एप्पलविरुद्ध मुद्दा
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीमाथि आफ्नै कर्मचारीमाथि जासुसी गरेको आरोप लागेको छ । यो आरोप अरू कसैले होइन, एप्पलका वर्तमान कर्मचारी अमर भक्ताले लगाएका हुन् ।
कम्पनीले आइप्याड र आइफोन जस्ता व्यक्तिगत उपकरणहरूमार्फत आफ्ना कर्मचारीको जासुसी गरेको गम्भीर आरोप भक्ताले लगाएका हुन् । भक्ता सन् २०२० देखि एप्पलको डिजिटल विज्ञापन डिभिजनमा कार्यरत छन् । उनले यस सम्बन्धमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् ।
गोपनीयताको अधिकारको हनन
एप्पलले कर्मचारीहरूलाई आफ्नो गोपनीयताको अधिकार त्याग्न बाध्य पारेको दाबी भक्ताले गरेका छन् । एप्पलले कर्मचारीहरूलाई एक नीतिमा सहमत हुन आग्रह गरेको अनि यस अन्तर्गत कम्पनीले उनीहरूको घरमा पनि भौतिक, भिडियो र इलेकट्रोनिक निगरानी गर्न सक्छ मुद्दामा आरोप लगाइएको छ ।
मुद्दामा के छ ?
एप्पल इकोसिस्टम एप्पलका कर्मचारीहरूका लागि बगैँचा नभएर जेल जस्तै भएको र यहाँ उनीहरूमाथि सधैँ निगरानी गरिने मुद्दामा उल्लेख गरिएको छ । निजी उपकरणहरूको प्रयोग र डेटा जाँचका लागि एप्पलले कर्मचारीहरूलाई एप्पलले बनाएका उत्पादनहरू मात्रै प्रयोग गर्न सल्लाह दिने, तर कामका उपकरणहरूमा लगाइएको प्रतिबन्धका कारण अधिकांश कर्मचारीहरूलाई उनीहरूको व्यक्तिगत उपकरणहरू प्रयोग गर्न बाध्य भएको पनि भनिएको छ ।
कर्मचारीहरूले आफ्नो व्यक्तिगत उपकरणहरू प्रयोग गरेमा उनीहरूको व्यक्तिगत खातासँग सम्बन्धित कुनै पनि डेटा, जस्तै इमेल, फोटो, भिडियो, नोटहरू, आदि, एप्पललाई निरीक्षणको लागि उपलब्ध हुन सक्ने एप्पल नीति छ । एप्पलले कर्मचारीहरूलाई उनीहरूको कार्यस्थलको अवस्था, तलब र राजनीतिक गतिविधिहरूको बारेमा बोल्नबाट रोकेको पनि मुद्दाको आरोप छ । एप्पलले आफूलाई डिजिटल विज्ञापनको अनुभवबारे पोडकास्टमा बोल्नबाट रोकेको भक्ताको दाबी छ ।
कम्पनीले उनलाई आफ्नो लिंक्डइन प्रोफाइलबाट एप्पलको कामसँग सम्बन्धित केही जानकारी हटाउन पनि आदेश दिएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदमा पनि रोकिएन तिङ्लामा पहिरो, सयबढी घर जोखिममा
-
पैदल यात्रीको भीडबाट गोली हान्नेलाई पक्रिन सकेन न्यूयोर्क प्रहरीले
-
'सैन्य कानून’ घोषणाको बदलामा दक्षिण कोरियाली राष्ट्रपतिलाई महाभियोगको डण्डा
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा