दुब्लोपनबाट दिक्क हुनुहुन्छ ? जाडोमा खानुस् यी तीन चीज
काठमाडौँ । चिसो मौसम सुरु भएपछि स्वास्थ्यप्रति हामी सबैको ध्यान बढ्छ । दुब्लो पातलो व्यक्तिहरू खास गरी स्वास्थ्यमा अलिक धेरै ध्यान दिन थाल्छन् । जाडोमा शरीरको मेटाबोलिज्म अलि सुस्त हुन्छ । शरीरलाई थप ऊर्जा चाहिन्छ । दुब्लो÷पातलोपनसँग जुधिरहनुभएको छ ।
र जाडोमा तौल बढाउन चाहनुहुन्छ भने शरीरमा मासु बढाउन र कमजोरी हटाउन आफ्नो आहारमा तपाईंले केही विशेष चीजहरू समावेश गर्नुपर्छ । आजको यस समाचारमा हामीहरू जाडोमा शरीरलाई मजबुत बनाउन र तौल बढाउन फाइदाजनक हुने तीन विशेष कुराबारे छलफल गर्नेछौं ।
सख्खर र तिल
जाडो मौसममा सख्खर र तिललाई उत्तम आहार मानिन्छ । तिल र सख्खरको मिश्रणले शरीरलाई न्यानो त प्रदान गर्छ नै तौल बढाउन पनि मद्दत गर्छ । तिलको दानामा राम्रो मात्रामा प्रोटिन, क्याल्सियम र भिटामिन पाइन्छ । यसले शरीरको मांसपेशीलाई मजबुत बनाउँछ । सख्खरले शरीरलाई भित्रैबाट तातो बनाउँछ र पाचनमा सुधार गर्दछ । यी दुई चिजलाई सँगै खाँदा शरीरमा ऊर्जा मिल्छ र मांसपेशीको विकास हुन्छ ।
कसरी खाने ?
जाडोमा तिल र सख्खरलाई लड्डु बनाएर खान सकिन्छ । यसको मिश्रणलाई बिहानको खाजामा पनि खान सकिन्छ । यो खाँदा शरीरमा शक्ति बढ्छ र तौल वृद्धिमा पनि सघाउँछ ।
घिउ र दूध
जाडोमा दूध र घ्यूको सेवनले शरीरलाई पर्याप्त मात्रामा बोसो र क्यालोरी मिल्छ । यी दुवै तौल बढाउन जरुरी चिज हुन् । घ्यूमा एन्टिअक्सिडेन्ट र स्वस्थ बोसो हुन्छ, जसले शरीरको वृद्धि र मांसपेशी निर्माणमा मद्दत गर्छ । दूधमा क्याल्सियम र प्रोटिन पाइन्छ । जसले हड्डीलाई बलियो बनाउँछ र शरीरलाई पोषण दिन्छ । यी दुवै पदार्थले जाडोमा शरीरलाई न्यानो पनि दिन्छ ।
कसरी खाने ?
हरेक रात सुत्नुअघि एक गिलास मनतातो दूधमा एक चम्चा घ्यु मिसाएर पिउनाले शरीरलाई पर्याप्त पोषण मिल्छ र तौल बढ्छ ।
मुनाक्का र किसमिस
मुनक्का र किसमिस दुवै शरीरका लागि निकै फाइदाजनक हुन्छन् । यसको सेवनले शरीरले शक्ति त पाउँछ नै पेटको कमजोरीलाई पनि हटाउँछ । मुनक्कामा राम्रो मात्रामा आइरन, फाइबर र क्याल्सियम पाइन्छ, जसले एनिमिया (रक्त अल्पता) हटाउन मद्दत गर्छ । किसमिसमा ऊर्जा दिने तत्त्वहरू पाइन्छ । जसले शरीरलाई ऊर्जावान् राख्छ र तौल बढाउन मद्दत गर्छ ।
कसरी खाने ?
सुत्ने बेलामा मुनक्का र किसमिसलाई पानीमा भिजाएर राख्नुस् । बिहान उठ्ने बित्तिकै यो पानी पिउनुस् । यो पानीले शरीरलाई ऊर्जा मिल्छ र मांसपेशीको विकासमा पनि मद्दत गर्छ ।
यी कुरालाई ध्यानमा राख्नुस्-
सन्तुलित आहार : तौल बढाउनका लागि माथि बताइएका तीन कुरामा मात्रै भर नपर्नुहोला । हरेक दिन खानामा प्रोटिन, कार्बोहाइड्रेट, फ्याट र फाइबर सही मात्रामा भएको सन्तुलित आहार पनि खानुहोस् ।
व्यायाम
तौल बढाउन उचित व्यायाम गर्नुहोस् । हरेक दिन व्यायाममा मांसपेशीहरू बनाउन तौल उठाउने जस्ता गतिविधिहरू पनि गर्नुहोस् ।
पर्याप्त मात्रामा पानीको सेवन
जाडोमा पानी पिउने बानी बसाल्नुस्, ताकि शरीरमा पानीको कमी नहोस् र पाचन क्रिया ठिक होस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई