नेपाल प्रिमियर लिग क्रिकेट
एनपीएलको सातौँ अर्धशतक लोकेश बमको नाममा
बुधबार, १९ मङ्सिर २०८१, १५ : ५१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार खेलिएको खेलमा विराटनगर किङ्सका ओपनर ब्याट्सम्यान लोकेश बमले अर्धशतक बनाएका छन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
लोकेशले ३६ बलको सामना गरी चार छक्का र दुई चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । विकेटकिपर ब्याट्सम्यान लोकेश अझै अविजित छन् । जारी एनपीएलमा बनेको यो सातौँ अर्धशतक हो ।
यसअघि कर्णाली याक्सका शिखर धवन, चितवन राइनोजका रवी बोपरा, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन
-
धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?