११ वटा हललाई कानुनी दायरामा ल्याउन चलचित्र बोर्डले काट्यो पत्र
बुधबार, १९ मङ्सिर २०८१, १५ : ४१

काठमाडौँ । चलचित्र विकास बोर्डले प्रदर्शनको नियम उल्लङ्घन गर्ने ११ हललाई कानुनी दायरामा ल्याउन आग्रह गर्दै केही जिल्ला प्रशासन र आन्तरिक राजस्व कार्यालयहरूलाई पत्र लेखेको छ । यी हल लामो समयदेखि इजाजतपत्र नवीकरण नभईकन सञ्चालनमा रहेको, चलचित्र विकास शुल्क नतिरेको र कतिपयले प्रदर्शन इजाजत पनि नलिएको भन्दै बोर्डले पत्र काटेको हो ।
बोर्डले मोरङ, रुपन्देही, मकवानपुर, सर्लाही, बारा, सुर्खेत र धनकुटास्थित जिल्ला प्रशासन कार्यालय र त्यहाँका राजस्व कार्यालयहरूलाई पत्र पठएको बोर्डले जानकारी दिएको छ ।
यसअघि बोर्डले एक सूचना जारी गर्दै हलहरूलाई सचेत गराएका थियो । सूचना जारी भएपछि १२ हलले नवीकरण गराएका छन् । तर ११ हलले अटेर गरेको कारण पत्र काटिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी निभाइयो टिकाथलीमा ग्यासबाट दन्किएको आगो (तस्बिरहरू)
-
ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने
-
ऊर्जामन्त्री खड्काद्वारा शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
-
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
-
समितिमा रहेका विधेयक चैत मसान्त भित्रै प्रतिनिधि सभामा पेस गर्न अर्थमन्त्री पौडेलको आग्रह
-
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्छ : राष्ट्रपति पौडेल