नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त, दिपक कुमार पदमुक्त
![नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त, दिपक कुमार पदमुक्त](https://npcdn.ratopati.com/media/news/ram-kumar-tiwari--deepak-kumar-de_IxTIXRUD50.jpg)
काठमाडौं । नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंक सञ्चालक समिति बैठकले आगामी माघ २ गतेदेखि लागु हुनेगरी तिवारीलाई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैंकको प्रमुख कार्यकारी अधिकृत स्टेट बैंक अफ इन्डियाबाट खटिएर आउने प्रचलन छ । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आएका दिपक कुमार डेलाई फिर्ता पठाउन स्टेट बैंकले अनुरोध गरेकोले जनवरी १५ देखि उनलाई पदमुक्त गर्न लागिएको बैंकले जनाएको छ ।
स्टेट बैंककै सिफारिस बमोजिम तिवारीलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियूक्त गरिएको हो । डे २०७७ साउनमा नेपाल एसबीआई बैंकको सीईओ नियुक्त भई आएका थिए । उनको कार्यकाल भदौ ३१ मै सकिए पनि बैंक सञ्चालक समिति बैठकले ६ महिनाका लागि अवधि थप गरेको थियो ।
नयाँ सीईओको रुपमा आउन लागेका तिवारी स्टेट बैंक अफ इन्डियाका जनरल म्यानेजर हुन् । उनी हाल बैंकको छत्तिसगढ राज्यका प्रमुख रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध
-
सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’