१२ दिनदेखि बेपत्ता वृद्ध मृत फेला
बुधबार, १९ मङ्सिर २०८१, १४ : ५९

पर्वत । १२ दिनदेखि बेपत्ता रहेका कुश्माका एक वृद्ध आज बिहान मृत अवस्थामा फेला परेका छन् । पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीका ७६ वर्षीय पदमबहादुर विक मोदी गाउँपालिका–३ देउरालीको घैटे जङ्गलमा मृत अवस्थामा भेटिएका हुन् ।
विक गत मङ्सिर ८ गते दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका थिए । मोदी–१ ताङ्लेमा रहेका आफन्तको घरबाट कुश्मास्थित घर जान्छु भन्दै हिँडेका उनी एकाएक सम्पर्कविहीन बनेका थिए ।
परिवारजन, आफन्त र प्रहरीले सोही दिनदेखि खोजतलास गरे पनि विक भेटिएका थिएनन् । मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असन्तुष्टिका आवाज सम्बोधन गर्ने कानुन बनाउन सबैको प्रतिबद्धता आवश्यक : सभामुख
-
सत्ता गठबन्धनबिच कुनै विवाद छैन : सभापति देउवा
-
संघीय संसद्को हिउँदे अधिवेशन सुरु
-
१३ वर्षमा दुई सय गोल गर्दै लेस्टर सिटीबाट बिदा हुँदैछन् प्रभावशाली खेलाडी जेमी भार्डी
-
दुर्घटनाग्रस्त भएपछि समुद्रमा खस्यो विमान
-
ललितपुर महानगरको विकास कसैले रोकेर रोकिँदैन: मेयर महर्जन