प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन : जनार्दन शर्मा
बुधबार, १९ मङ्सिर २०८१, १४ : ५२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वजनमुक्ति सेनाका कमाण्डर जनार्दन शर्माले प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध नहुने बताएका छन् । गणतन्त्र सेनानी कोषले बुधबार राजधानीमा राखेको सम्मान कार्यक्रममा बोल्दै उनले प्रचण्डकै नेतृत्व भएकाले संघीय गणतन्त्र ल्याउन सम्भव भएको भनाइ राखे ।
‘प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन । गणतन्त्र ल्याउनका लागि सम्पूर्ण श्रेय प्रचण्डलाई दिन चाहन्छु’, उनले भने ।
कार्यक्रममा जनयुद्धका धेरै कथाहरू र धेरै सत्यहरू उजागर गर्न बाँकी रहेको उनले बताए । त्यतिबेला युद्धमा मृत्यु कि मुक्तिको संकल्प बोकेर हिँडेकाले अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनका क्रममा झडप
-
जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी र राष्ट्रवादीलाई महामन्त्री राणाको आह्वान
-
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
-
दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई म्याद थप गर्न अदालत लगिँदै
-
प्रधानन्यायाधीश राउतसहितको भ्रमण दल बेलायत प्रस्थान
-
दोब्बरले बढ्यो लसुन आयात, जान्छ कहाँ ?