जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो
बुधबार, १९ मङ्सिर २०८१, १४ : ४७

जनकपुर । जनकपुरधामको सीताराम गौशालाले १०८ मिटरको चुनरी जानकी मातालाई चढाएको छ । सीताराम गौशालाद्वारा चढाइएको सो चुनरी सुरतको जिनमाता ट्रष्टले उपलब्ध गराएको हो ।
रामजानकीको तिलकभन्दा पूर्वसीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको सो चुनरीलाई लिएर सयौँ भक्तजन जानकी मन्दिरमा पुगेका थिए । मन्दिर पुग्नुपूर्व चुनरीलाई लिएर नगर परिक्रमा गरिएको थियो । चुनरीसहित परिक्रमा भइरहेको बेला स्थानीयवासी चुनरीमाथि फूल वर्षाएका थिए ।
एकातिर जानकी माता र भगवान रामको तिलक भइरहेको छ भने अर्कोतर्फ चुनरी कार्यक्रमले विवाहपञ्चमी उत्सवकै रौनकता थपेको जानकी मन्दिरका पुजारी रामतपेश्वर दास वैष्णवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि सर्टलिस्टमा परे पाँच जना, बुधबार अन्तरवार्ता
-
पार्टीको ‘वाद’मा काम गर्ने ‘बार’ किन चाहियो ?
-
लगातार तेस्रोपटक अभागी बन्यो दिल्ली, मुम्बईलाई दोस्रो उपाधि
-
मधुमेहका बिरामीले भुलेर पनि खान हुँदैन यी ६ कुराहरू
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य