पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा ६ संगठन एक ठाउँमा
काठमाडौँ । नेपाल पत्रकार महासंघकाे निर्वाचनमा संयुक्त रूपमा अगाडि बढ्ने विषयमा ५ वटा वाम तथा मधेसी संगठनबिच सहमति भएको छ ।
मंसिर २८ गते तय गरिएको नेपाल पत्रकार महासंघको निर्वाचनमा संयुक्त माेर्चाकाे रूपमा अगाडि जानकाे लागि बुधबार प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन नेपाल, जनपत्रकार संगठन नेपाल, प्रगतिशील पत्रकार संगठन नेपाल र प्रेस मञ्च नेपालबीच सहमति भएको हाे । सहमति पछि ३ बुँदे प्रेस विज्ञप्ति जारी गरिएको छ ।
विज्ञप्तिमा प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगल, समाजवादी प्रेस संगठका अध्यक्ष विश्वमणि सुवेदी, क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष नारायण शर्मा, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेर बहादुर विक, प्रगतिशील पत्रकार संगठन नेपालका महासचिव प्रकाश थापा र प्रेस मञ्चका अध्यक्ष अवधेश झाले हस्ताक्षर गरेका छन् ।
विज्ञप्तिमा मंसिर २८ गते ताेकिएकाे समयमै नेपाल पत्रकार महासंघको निर्वाचन गर्न, महासंघको साझा चरित्र कायम गर्न सहमतिय नेतृत्व निर्माण गर्न र सहमति नभएमा निर्वाचनमा एकताबद्ध माेर्चा भएर लड्न ६ संगठनकाे सहमति भएको कुरा उल्लेख गरिएको छ ।
उनीहरूले पत्रकार महासंघलाई साझा बनाउन प्रेस युनियन र प्रेस चाैतारीकाे पनि ध्यानाकर्षण गराएका छन् ।
संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघको साझा चरित्रको रक्षा गर्दै सहमतीय अभ्यासका साथ नेतृत्व निर्माण गर्ने कुरामा हामी ६ संगठन प्रतिबद्ध छौं । सहमतीय नेतृत्व निर्माण गर्ने अभ्यासमा निर्णायक भूमिका रहने नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको नेतृत्वको गम्भीर ध्यानाकर्षण हुनेछ भन्ने विश्वास हामीले लिएका छौं । यदि सहमतीय अभ्यासमा लागिएन र प्रतिस्पर्धाको विधिबाट महासंघको निर्वाचन अगाडि बढेको अवस्थामा हामी ६ संगठन एउटै मोर्चाका रुपमा अगाडि बढ्न प्रतिवद्ध छौं ।’
विज्ञप्तिमार्फत नै ६ वटै संगठनले संयुक्त रुपमा महासंघको घोषित निर्वाचन कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा र निर्धारित मितिमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । साथै पत्रकार महासंघको सदस्यताका विषयलाई लिएर विभिन्न जिल्ला शाखाका कार्यालयमा भएका तालाबन्दीको समस्यालाई हल गर्न महासंघ नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास