एप्पलले दोबार्न मिल्ने आइफोन ल्याउन सक्ने
बुधबार, १९ मङ्सिर २०८१, १३ : ३६
![एप्पलले दोबार्न मिल्ने आइफोन ल्याउन सक्ने](https://npcdn.ratopati.com/media/news/foldable-iphone-2026_QI7hU9keeh.webp)
क्यालिफोर्निया । आइफोन निर्माता कम्पनी एप्पलले दोबार्न मिल्ने आइफोन ल्याउन सक्ने अनुमान गरिएको छ । कम्पनीले सन् २०२६ सम्ममा यो फोन ल्याउन सक्ने भन्दै समाचारहरू आइरहेका छन् । तर कम्पनीले आफ्नो तर्फबाट यो खबरको आधिकारिक पुष्टि गरेको छैन ।
गएको केही वर्षमा दोबार्न मिल्ने स्मार्टफोन बजारमा स्थिर वृद्धि देखिएको छ । सामसङ, हुवावेई र मोटोरोला जस्ता प्रमुख कम्पनीको यसमा भूमिका रहेको छ । ग्यालेक्सी जेड सिरिजको साथमा यस श्रेणीमा सामसङको दबदबा छ ।
एप्पलले पनि दोबार्न मिल्ने फोन ल्याउने खबरले प्रयोगकर्ताहरूमाझ उत्साह पैदा भएको छ । यो फोनले प्रयोगकर्ताहरूलाई अनौठो अनुभव दिने आशा गरिएको छ । यो फोनले दोबार्न मिल्ने फोन बजारमा ठुलो प्रभाव पार्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बचाउमा किन उत्रिए प्रचण्ड ?
-
सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छ : अध्यक्ष केसी
-
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए
-
पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : सांसद महत
-
नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश
-
फोन सफा गर्न स्यानिटाइजर प्रयोग गर्नु हुन्छ ?