नेपाल प्रिमियर लिग क्रिकेट
तस्बिरमा यस्तो देखियो काठमाडौँ गुर्खाजको पहिलो जित
बुधबार, १९ मङ्सिर २०८१, १३ : ३१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार खेलिएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई तीन विकेटले हराएको छ । जारी प्रतियोगितामा काठमाडौँ गुर्खाजको यो पहिलो जित हो भने कर्णाली याक्सको लगातार दोस्रो हार ।
टस हारी ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको काठमाडौँ गुर्खाजले भने १९.३ ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।