चितवनमा सहकारी पीडित पनि प्रदर्शनमा
बुधबार, १९ मङ्सिर २०८१, १३ : २६

काठमाडौँ । सहकारी रकम दुरुपयोग प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान जारी रहँदा सहकारी पीडितहरूले पनि चितवनमा प्रदर्शन गरेका छन् ।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडितहरूले बचत रकम फिर्ता गर्नुपर्ने भन्दै चितवनमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले गोर्खा मिडियामा गएको ६५ करोड रुपैयाँ फिर्ता गर्नुपर्नेमा राखेका छन् । त्यस्तै उनीहरूले संसदीय छानबिन समितिको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्न समेत माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले आफूहरूको रकम फिर्ताका लागि आवाज उठाउँदा राजनीतिक दलको आबद्धताको आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
उनीहरूले जीबी राईलाई पक्राउ गर, हाम्रो बचत रकम फिर्ता गरिदे सरकार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । यस्तै फरक ठाउँमा रविका समर्थकले पनि प्रदर्शन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई रिहा गर्ने तयारी
-
अभिनेत्री नीति शाहले गरिन् कोट म्यारिज
-
शिक्षकहरूले नयाँ बानेश्वर सडक ढाक्दा सर्वसाधारणलाई सास्ती, तस्बिरहरू
-
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
-
भाटभटेनी ग्रुपको स्वामित्वमा रहेको ललितपुर सिटी लिग चरणमा ‘अजेय’
-
सङ्घीय निजामती विधेयक : अतिरिक्त सचिव र ‘कुलिङ पिरियड’ को अवधिमा सहमति जुटाउन सकस