विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ
काठमाडौँ । विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ परेका छन् । मकवानपुर, इलाम, चितवन, दाङ लगायतका जिल्लामा १५ जना पक्राउ परेका हुन् । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ दुङगु खोलास्थित सडकबाट गाँजा १७ किलो ६ सय ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा जिल्ला पर्सागढी नगरपालिका–८ बस्ने ४६ वर्षीय देवीलाल सहनी र सोही नगरपालिका–१ बस्ने ३२ वर्षीय रामनारायण राम रहेका छन् ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चैनपुरबाट मनहरीतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । त्यस्तै इलामको सूर्योदय नगरपालिका–८ छिपिटार चोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम, गाँजा करिब ५० ग्राम, नगद १५ हजार ८ सय ५० नेपाली रूपैयाँ, भारतीय रुपैयाँ ३ हजार ८ सय, मोबाइल ६ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय हिमाल शाक्य र ताप्लेजुङ घर भएका २४ वर्षीय विकाश भुजेल रहेका छन् । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले हिमालको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यता चितवनको राप्ती नगरपालिका– १ लोथरबाट अवैध लागूऔषध गाँजा ५ किलो १ सय ३० ग्राम सहित नवलपरासी बर्दघाट नगरपालिका–१६ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले
मनहरीबाट लोथरतर्फ आउँदै गरेको ना.१ ज ८९७१ नम्बरको म्याजिकमा सवार उनलाई मंगलबार साँझ उक्त गाँजासहित पक्राउ गरेको हो ।
त्यस्तै दाङको घोराही उपमहानगरपालिका–१३ बर्माचोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय २० मिलिग्राम, नगद १४ हजार ७ सय रूपैयाँ र मोबाइल १ थान सहित रोल्पा परिवर्तन गाउँपालिका–६ बस्ने ३० वर्षीय बिरेन्द्र बुढामगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ९० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित सोही नगरपालिका–१ बनगाउँ बस्ने २३ वर्षीय शिवम थापामगर समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–४ ओचुहाईटबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम, नगद १० हजार ६ सय ३० रूपैयाँ र मोबाइल थानसहित ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने सर्लाही लालबन्दी घर भएका ३० वर्षीय युवराज रायमाझी र महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने २६ वर्षीय मुकेश देवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले ललितपुर महानगरपालिका(४ भनिमण्डलबाट नियन्त्रित लागूऔषध नुफिन ३ पिस, डाइजेपाम ६ पिस, फेनारगन ६ पिस र ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १३ ग्राम ४ सय ४० मिलिग्राम, नगद १ लाख ७९ हजार १ सय ५०, मोबाइल ९ थान, ल्यापटप १ थान, क्यामेरा १ थान, क्यामेरा लेन्स १ थान, डिजिटल तराजु १ थान सहित ललितपुर सानेपा बस्ने गुल्मी घर भएका २५ वर्षीय निरञ्जन राना र २० वर्षीय निश्चल लामालाई पक्राउ गरेको छ ।
त्यस्तै पर्साको वीरगंज महानगरपालिका–१६ बसपार्कबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७१ ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बोरिङ टोल बस्ने २५ वर्षीय अमजद मिया र ३४ वर्षीय सुरज प्रसाद सर्राफ रहेका छन् । प्रहरी चौकी बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश
-
‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन विदा’ दिने प्रस्ताव
-
१० बजे १० समाचार : बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि कांग्रेसमा गुटगत झगडासम्म