सहकारी ठगी प्रकरण
चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबिच झडप
बुधबार, १९ मङ्सिर २०८१, १३ : १६
१

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच चितवनमा झडप भएको छ ।
रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबिच झडप भएको हो । झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।
चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो ।
प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास समेत प्रहार गरेको छ । चितवनमा सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई चितवन लगेसँगै उनका समर्थकहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् । उनीहरूले चितवनबाटै रविलाई रिहाइको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र ‘मूर्ति चोर’ र दरबार हत्याकाण्डका ‘मास्टरमाइन्ड’ भएको प्रचण्डको आरोप (भिडियोसहित)
-
पुटिनले अमेरिकी विशेष दूतसँग भेटे, ट्रम्पसँग चाँडै वार्ता हुने
-
भारतसँग गरेको सहमति स्वीकृत नहुँदा लोडसेडिङको खतरा !
-
केबलकार विवाद : फागुनमा पाथीभराबाट सङ्कलन हुने भेटी घट्यो
-
सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि समिति गठन
-
विदेशी लगानीमा उत्साह, एकै महिना पौने १८ अर्बको लगानी स्वीकृत