रूसी विदेशमन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसनसँग अन्तर्वार्ता

वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा फक्स न्यूजका पूर्वप्रस्तोता टकर कार्लसनले मस्कोमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग अन्तर्वार्ता लिएको मङ्गलबार घोषणा गरेका छन् ।
सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमा गरेको आक्रमणपछि कार्लसन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अन्तर्वार्ताका लागि मस्को गएका थिए ।
कार्लसनले मङ्गलबार आफ्नो सामाजिक सञ्जाल र वेबसाइटमा प्रकाशित एक भिडियोमा वासिङ्टन र मस्कोबीच बढेको तनावबारे प्रकाश पार्न आफू रूसमा पुगी समसामयिक बिषयमा लाभरोभसँग छलफल भएको बताएका छन् ।
कार्लसनल अन्तवार्ता प्रशारण गर्ने तिथि सार्वजनिक नगरिकन भनेका छन्, “हामी भर्खर त्यो अन्तर्वार्ता लिएर आएका छौँ । अन्तवार्ता एकदम आकर्षक र सान्दर्भिक छ छ। यो धेरै चाँडै आउँदैछ।”
कार्लसनले आफुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग अन्तर्वार्ता लिन खोजेको तर अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले रोकेको आरोप पनि लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार