फोटोफिचर
कुलमानसँग बढ्दो तनावका बिच विद्युत् प्राधिकरणमा ऊर्जा मन्त्रीको कार्यकक्ष निर्माण (तस्बिरहरु)
बुधबार, १९ मङ्सिर २०८१, ११ : ४९

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएको छ । बुधवार मन्त्री खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएको हो ।
मन्त्री आउने खबर सार्वजनिक भएसँगै कर्मचारीहरू स्वागतका लागि तम्तयार भएर बसेका छन् । फूलका बुकेहरू स्वागतको लागि तयार रहेका छन् भने कार्यकक्ष पनि सजाइएको छ । मन्त्रीको कार्यकक्षका साथै मिटिङ कक्ष पनि तयार बनाइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग बढ्दो तनावका बिच मन्त्री खड्काले नयाँ कार्यकक्ष निर्माण गर्न लगाएका हुन् ।