पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई राष्ट्रिय परिचयपत्रसँग जोडिने
काठमाडौँ । वैदेशिक रोजगार विभागले पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने भएको छ । त्यसका लागि विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबिच सम्झौता भएको छ । सम्झौता भएसँगै दुवै विभागका प्राविधिकहरूले अनलाइनसम्बन्धी काम गर्दै आएका छन् ।
विभागले अनिवार्य गर्न लागेको आईरिस सिस्टमलाई राष्ट्रिय परिचयपत्रको सिस्टमसँग जोड्न लागेको हो । विभागका सूचना अधिकारी गुरूदत्त सुवेदीले आईरिसलाई राष्ट्रिय परिचयपत्रसँग जोड्न प्राविधिक काम भइरहेको बताए ।
कक्षा कोठामा उपस्थित नै नभई तालिम लिएको भनेर प्रमाणपत्र लिने गरेको पाइएपछि आईरिस लागू गर्ने निर्णय गरेको थियो । आईरिसलाई समेत व्यवस्थित गर्नका लागि राष्ट्रिय परिचयपत्रसँग जोड्न लागिएको भनाइ छ ।
‘राष्ट्रिय परिचयपत्रसँग जोडिएपछि तालिम लिएका व्यक्तिको रेकर्ड त्यहाँ जान्छ । त्यसपछि विदेश जाने व्यक्तिले नै तालिम लिए÷नलिएको अटोमेटिक थाहा हुन्छ । यसबाट तालिम नै नलिएर विदेश जान खोजेको रोकिनेछ,’ सुवेदीले भने ।
विभागले गत असोजदेखि नै आईरिस सिस्टम लगाउने निर्णय गरेको थियो । तालिम प्रदायक संस्थाहरूको अनुरोधमा रोकेर असोजको २९ गतेदेखि अनिवार्य लागू गर्ने भनेको थियो । तर, अहिलेसम्म अनिवार्य रूपमा लागू गर्न सकेको छैन । हाल आईरिस र बायोमेट्रिक दुवै सञ्चालनमा रहेको सूचना अधिकारी सुवेदीले बताए ।
व्यवसायीहरूले भने विभागमाथि चलखेलको आरोप लगाएका छन् । विभागका कर्मचारीहरू आर्थिक चलखेलमा लागेकाले अहिलेसम्म अनिवार्य गर्न नसकेको उनीहरूको आरोप छ । विभागले भने उनीहरूले लगाएको आरोपको खण्डन गर्दै आएको छ ।
सूचना अधिकारी सुवेदीले राष्ट्रिय परिचयपत्रसँग जोड्नका लागि काम भइरहेको केही दिनभित्रबाट अनिवार्य रूपमा लागू गरिने बताए । त्यसका लागि तयारी अन्तिम चरणमा पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष क्लब लिभरपुल, एटलेटिको मड्रिड, बार्सिलोना र एटलान्टा च्याम्पियन्स लिगको अन्तिम १६ मा
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
-
फेरि बढ्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जना भ्रष्टाचारमा दोषी ठहर
-
पुराण वाचनमा पास हुने पण्डितलाई प्रमाणपत्रको व्यवस्था