एकैपटक चार वटा ऐन संशोधन गरिँदै
बुधबार, १९ मङ्सिर २०८१, १० : २९
काठमाडौँ । सरकारले एकैपटक चार वटा ऐन संशोधन (परिवर्तन) गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि ऐन, विशेष आर्थिक क्षेत्र ऐन र खानी तथा खनिज पदार्थ ऐन संशोधन गर्न लागेको जनाएको छ ।
मन्त्रालयले यी ऐनहरु संशोधन गर्न लागेकाले सरोकारवाला सबैलाई राय सुझाब माग गरेको छ ।