उपनिर्वाचनको नतिजा निराशाजनक छैन, तर समीक्षा गर्छौँ : ईश्वर पोखरेल

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्ने बताएका छन् । उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समीक्षा गर्ने उनले बताए ।
उनले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत नेकपा एमाले विजयी भएको बताए । उनले स्थानीय तहको निर्वाचनलाई लिएर निराश हुनुपर्ने कारण नरहेको भन्दै आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति भने समीक्षा गर्ने बताए । काठमाडौँको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहे पनि गत निर्वाचनको भन्दा प्रगति भएको उनले दाबी गरे ।
अहिले पुराना राजनीतिक दलहरू आउटडेटेड भए भन्ने भाष्य खडा गरिएपनि जनमतबाट पुष्टि हुन नसकेको उनले बताए । जनताले अहिले पनि पुराना राजनीतिक दलहरूमा आशा र विश्वास कायमै राखेको उनको दाबी छ । उनले राष्ट्रिय राजनीतिमा पुराना दलहरूको भूमिका कमजोर भन्ने कुरालाई जनताले अस्वीकार गरेको बताए ।
उपनिर्वाचनबाट एमालेले निर्वाचनसँग गाँसिएका कुराहरूमा थप व्यवस्थित डङ्गको व्यवस्थापन गर्नुपर्छ भन्ने पाठ सिकेको र त्यही आधारमा अघि बढ्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
-
प्रचण्डलाई प्रश्न– नेतृत्व कहिले छोड्नु हुन्छ ?
-
आईपीएलबाट बाहिरिए पन्जाबका तीव्र गतिका बलर लोकी फर्गुसन
-
प्रकाश सपुतको समीक्षा : २०८१ आफ्ना विरुद्ध शक्तिशाली भयो
-
अधिकांश तरकारीको मूल्य घट्यो, कुन कति घट्यो ?
-
निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव