रुपन्देहीमा शैक्षिक संस्थाहरूले नियम विपरीत रकम उठाएको नेविसंघको आरोप
_9UbX46SBeN.jpg)
बुटवल । रुपन्देहीका केही शैक्षिक संस्थाले विद्यार्थीबाट नियम विपरीत असुलेको रकम फिर्ता गर्ने भएका छन्। नेपाल विद्यार्थी सङ्घले शैक्षिक क्षेत्र सुधार र विद्यार्थीको पक्षमा आन्दोलन गरेर छात्रवृत्तिको नाममा विद्यालयहरूले नियम विपरीत लिएको रकम फिर्ता गराउन थालेको हो ।
बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेविसंघले रकम फिर्ता गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । विद्यार्थीबाट नियम विपरीत शुल्क उठाउनेमा तिलोत्तमाको होराइजन जीबीएस, न्यु होराइजन बोर्डिङ स्कुल, मणिमुकुन्द, अक्सफोर्ड, मुनलाइट, सिद्धार्थ बोर्डिङ हाई स्कुल, मणिमुकुन्द उच्च माविले लगायतका शैक्षिक सस्था रहेका छन् ।
हिसानसँगको सहमतिपछि ती विद्यालयहरूले उक्त रकम फिर्ता गर्न तयार भएको नेविसंघका केन्द्रीय प्रतिनिधि तिलकराम पाण्डेयले पत्रकार सम्मेलन जानकारी दिए। नेविसङ्घले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबै भन्दा धेरै होराइजन जीबीएसले १९ लाख २४ हजार २८० रुपैयाँ, न्यु अक्सफोर्ड उच्च माविले १० लाख ६९ हजार ७३० रुपैयाँ बढी शुल्क उठाएको छ । केन्द्रीय सदस्य पाण्डेले यस्तो अभियान अव कपिलवस्तुमा पनि सुरु गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदिमा डुबेर बेपत्ता तीन जना मध्ये एक जनाको शव फेला
-
तीनकुने घटना : ‘सुरक्षा कमजोरी’ बारे छानबिन गर्न समिति गठन
-
ठुलै विपत्ति र प्रलय आए मात्रै एनआरएनएको एकता महाधिवेशन रोकिन्छः घले
-
शिक्षामन्त्रीको राजीनामाबारे महेश बस्नेतले भने - स्वयं मन्त्री कै कमजोरीको संकेत हो
-
‘हामी संविधानमा प्रगतिशील तर व्यवहारमा यथास्थितिवादी छौँ’