घरेलु मैदानमा लेस्टर सिटीले जोगायो इज्जत
बुधबार, १९ मङ्सिर २०८१, ०५ : २७

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा लेस्टर सिटीले पुनरागमन गरेको छ । घरेलु मैदानको फाइदा उठाउँदै लेस्टरले वेष्टह्याम युनाइटेडमाथि ३-१ को जित निकाल्दै पुनरागमन गरेको हो ।
लेस्टरलाई विजयी गराउन जेमी भार्डी, बिलाल एल खन्नोस र पाटसन ढाकाले एक-एक गोल गरे । वेष्टह्यामका निकोलस फुलक्रुगले एक गोल फर्काए । जितसँगै लेस्टर सिटीले १४ खेलबाट १३ अंक जोडेको छ । वेष्टह्याम भने १५ अंकसहित एक स्थान (१४)माथि छ ।